२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रोहित पौडेलको चमत्कारीक अर्धसतक

काठमाडौं । एसियन गेम्स–२०२२ अन्तर्गत क्रिकेटमा माल्दिभ्सविरुद्ध खेलिरहेको नेपालका कप्तान रोहित पौडेलले चमत्कारीक अर्धशतक पूरा गरेका छन् । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भइरहेको खेलमा उनले मात्र २७ बलमा अर्धशतक पूरा गरे । उनले तीन छक्का र तीन चौका प्रहारसँगै २७ बलमा ५२ रन जोडे ।

नेपालले यसअघि मंगोलियासँग खेलेको खेलमा कीर्तिमानी जित हासिल गरेको थियो। २७३ रनको जित हासिल गरेको नेपालले यस खेलमा कैयौं रेकर्ड समेत बनाएको थियो। यो खेल जिते नेपाल समूह ए बाट क्वाटरफाइनलमा पुग्ने छ। यस समूहमा रहेको मंगोलियाले दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ भने माल्दिभ्सले एक खेल जितेको छ।

यसपछि क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ। टी–२० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन्। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिँधै प्रवेश पाएका छन्। सेमिफाइनल अक्टोबर ६ मा हुनेछ। फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ।

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस