२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माल्दिभ्सविरुद्व एक्लै ६ विकेट लिने अविनाश बोहरा को हुन् ? – यसअघिपनि देखाएका थिए चमत्कार

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालका बलर अविनाश बोहरा एक्लैले सर्वाधिक ६ विकेट लिए । माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अविनाश बोहराको सर्वाधिक ६ विकेट ऐतिहासिक बन्यो । जुलाई ३०, १९९७ मा सल्यानमा जन्मिएका अविनाश १९ बर्ष मुनिका खेलाडीहरुमा नै चम्किएका बलर हुन् ।

फेब्रअरी ५, सन् २०२० मा किर्तिपुर क्रिकेट मैदानमा भएको नेपाल र ओमानबीचको खेलबाट उनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हुन् । यूएईविरुद्धको टी–२० सिरिजमा अविनाश बोहोरा प्लेयर अफ दी सिरिज घोषित भएका थिए । उनी टी–२० को आफ्नो डेब्यु सिरिजमै प्लेयर अफ द सिरिज घोषित भएका थिए ।

नेपाललाई टी–२० सिरिजको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका अविनाशले अन्तिम खेलमा दुई ओभर बलिङ गर्दै १६ रन खर्चेर दुई विकेट लिएका थिए ।

अविनाश बोहराको चलाखीपूर्ण ‘डेथ ओभर’ले धनगढी प्रिमियर लिग (डीपीएल) मा खेलको पूरै समीकरण बदलिएको थियो । जीतका लागि ६ बलमा मात्र पाँच रन आवश्यक भएका बेला बलिङमा आएका बोहोराले आफ्नौ चौथो बलमा प्रदीप ऐरीलाई रनआउट, पाँचौं बलमा बिक्रम सोबलाई क्याचआउट र अन्तिम बलमा कप्तान बसन्त रेग्मीलाई रनआउटको शिकार बनाएर उनी आवद्ध महेन्द्रनगर युनाइटेडलाई एक रनले जिताएका थिए ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस