२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चौतर्फी विरोधपछि ग्यास र इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता : लागूको भने मिति किन ढिला ?

काठमाडौं, १४ असोज । चौतर्फी विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन वाध्य भएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

आज बसेको मन्त्रिपरिषद बैठकले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो । खाना पकाउने ग्यासमा प्रति सिलिण्डर मूल्यबृद्धिपछि उपभोक्ता अधिकारकर्मी ज्योति बानियाले मूल्यबृद्धिमा प्रधानमन्त्रीलाई समेत जोडेर निर्णय फिर्ता नलिए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । राजनीनिक दलका नेता कार्यकर्ता र सर्वसाधारणहरुले मूल्यबृद्धि फिर्ता नलिए वृहत आन्दोलनमा जानुपर्ने अपील गरेका थिए । चौतर्फी दवाव आएपछि मूल्यबृद्धि फिर्ता भएको छ ।

 

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस