२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पेट्रोलियम पदार्थ : आज दिनभर बढेकै मूल्य लागू, राति १२ बजेबाट मात्र घट्ने

Petrol Diesel Gas price

काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । तर त्यो फिर्ता लिएको मूल्य भने आज राति १२ बजेपछि मात्रै लागू हुने निगमले जनाएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री प्रचण्डसमेतको उपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएको थियोे । लगत्तै, निगमले आज (आइतबार) राति १२ बजेबाट लागू हुनेगरी मूल्यवृद्धि फिर्ता लिएको जानकारी गराएको छ । निगमका अनुसार मूल्य वृद्धिलाई मूल्य स्थरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गरिनेछ।

 

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस