२०८१ असार ९ गते शनिवार | 2024 June 22nd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन

१४ असोज, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले काम बन्द गरेर अस्पताल अगाडिको सडकमा धर्दा नदिएका छन् ।

मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण गरेको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले रुपक गौतम सरोज गौतमलाई पक्राउ गरेको छ । डाक्टरहरुले आफूहरूको सुरक्षा र कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेका छन् ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस