२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेले पार गरे २०० अन्तर्राष्ट्रिय विकेटको कोसेढुंगा

काठमाडौं । नेपाली बलर सन्दीप लामिछानेले आफ्नो खेल करिअरमा २०० अन्तर्राष्ट्रिय विकेटको कोसेढुंगा पार गरेका छन् । एसियाली खेलकुद अन्तर्गत आज भएको माल्दिभ्सविरुद्धको खेलमा १ विकेट लिएसँगै सन्दीपको २०० विकेटको आँकडा पूरा भएको हो ।

सन्दीले अहिलेसम्म एकदिवसीय क्रिकेटमा ११२ विकेट र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८८ विकेट लिएका छन् । आजको खेलमा खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको छ । नेपालले दिएको २१३ रनको लक्ष्य पच्छ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनको स्कोरमा अलआउट भएको हो ।

नेपालका लागि अविनाश बोहराले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ६ विकेट लिए । उनको यो बलिङ टि–२० अन्तर्राष्ट्रियको सर्वोत्कृष्ट बलिङको सूचिमा सातौं स्थानमा परेको छ । उनले ३ ओभर ४ बल बलिङ गर्दा केवल ११ रन दिएर ६ विकेट लिएका हुन् । यस क्रममा उनको इकोनोमी ३ थियो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए । कुशल मल्लले ४७, गुलशन झाले ३५, कुशल भुर्तेलले ३५, विनोद भण्डारीले १३ रन बनाए ।

माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए । नासिर नाइल इस्माइल, मोहम्मद मियुवान, थोलाल मोहम्मद रायाले १–१ विकेट लिए । ब्याटिङतर्फ माल्दिभ्सका लागि मुआवियाथ गनीले सर्वाधिक ३६ रन बनाए । राशिद रसमले १२ र फरीद सियुसले १० रन बनाए । अरु कसैले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । नेपालका लागि अविनाश बोहराले ६ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल र गुलशन झाले १–१ विकेट लिए ।

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस