२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

चन्द्रागिरि–१४ की असिस्टेन्ट सव–इन्जिनियर पन्त २५ हजार घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिका–१४ की असिस्टेन्स सव–इन्जिनियरलाई घुससहित नियन्त्रणमा लिएको छ। सोमबार आयोगको कार्यालय टंकालबाट खटिएको टोलीले वडा नम्बर १४ मा कार्यरत असिस्ट सव–इन्जिनियर विजयालक्ष्मी पन्तलाई २५ हजार घुससहित नियन्त्रणमा लिएको हो।

उनले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराएवापत घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो। उनलाई सोमबार चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १० सतुंगलस्थित माइ फूड डेरी खाजा पसलबाट सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस