२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महिनावारी बार्नु कति उचित ? – Menstruation

काठमाडौं । महिनावारी (Menstruation ) प्राकृतिक नियम हो । यससम्बन्धी उचित ज्ञानको अभावमा धेरैका लागि महिनावारी समस्या बनिरहेको छ । यसले गर्दा महिलाहरू शारीरिक तथा मानसिक पीडा खेप्न बाध्य छन् । महिलाको निश्चित उमेर (९ देखि १६ वर्ष ) पुगेपछि यो प्रक्रिया प्रारम्भ हुन्छ ।

पहिलोपटक महिनावारी हुँदा घरका पुरुषको अनुहार तथा घाम हेर्नु हुँदैन भनेर ७ दिन लुकाउने तथा आफ्नो घरमा बस्नु हुँदैन भनेर आफन्तको घरमा लगेर लुकाउने चलन अहिले पनि छ । एकाथरिले अहिलेको समयमा त्यसो गर्नु उचित होइन भनेर यसलाई मान्न छोडिसकेका छन् भने अर्काथरि यसलाई पहिलेदेखि चलिआएको चलन भनेर निरन्तरता दिइरहेका छन् । कतिले यसका बारेमा उचित ज्ञानको अभावमा भ्रम पालिरहेका छन् भने कतिपयले यो केही होइन महिलाको हार्मोनल परिवर्तनका कारण यस्तो भएको हो भन्दै आएका छन् ।

महिनावारीमा बार्नुपर्छ भन्ने कुरा पहिलेका धर्मशास्त्रमा कतै उल्लेख थिएन । पछिका धार्मिक ग्रन्थहरूमा भने यी कुरा समेटिएका छन् । सामान्यत: महिनावारीको कुरा गर्दा महिलाले चार दिनसम्म आराम गर्न पाउनुपर्छ । त्यो समयमा कतिपय महिलालाई गाह्रो हुन्छ भनेर आराम दिन त्यो नियम बनाइएको हो । बाहुन–क्षेत्रीकहाँ पहिलोपटक महिनावारी हुँदा पहिले २२ दिन लुकाउने चलन थियो भने अहिले ७ दिन लुकाउने चलन छ । नेवारी परम्परामा पहिलोपटक महिनावारी हुनुभन्दा केही वर्ष पहिले बेलविवाह गर्ने चलन छ । त्यही समयमा उनीहरूलाई महिनावारीसम्बन्धी जानकारी दिइन्छ ।

महिला तथा पुरुषको विभेदका बारेमा पनि ज्ञान दिइन्छ । सबै किशोरीलाई महिनावारीसम्बन्धी ज्ञान विद्यालयमै दिनु पनि आवश्यक भैसकेको छ । अहिले धेरैजसोले महिनावारी बार्न छोडिसकेका छन् । कतिपय ठाउँमा महिनावारी भएको समयमा प्रवचन तथा भजनमा नुहाइ–धुवाइ गरेर जान थालिएको छ । यो समयमा अझ बढी सन्तुलित खाना खानुपर्छ भने आरामको पनि जरुरत पर्छ ।

 

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस