२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नासाले भन्यो, ‘न्युयोर्क शहर लगातार सुस्त गतिमा डुबिरहेको छ : सबै भासिएर समुन्द्र बन्छ’

न्युयोर्क। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले न्युयोर्क शहर लगातार डुबिरहेको जनाएको छ। नासाका अनुसार यसको कारणको रुपमा शहरको वजनलाई देखाइएको छ। यो प्रतिवेदन सार्बजनिक भइरहेको बेला न्युयोर्कमा अत्याधिक बर्षा भएको छ। जसकाकारण न्युयोर्कको जनजीवन पुरै ठप्प जस्तै भएको छ।

नासाको प्रतिवेदनका अनुसार सहरको आर्थर एशे स्टेडियम, कोनी आइल्याण्ड र लागार्डिया एयरपोर्ट सम्भावित प्रकोपबाट विनाश हुने पहिलो स्थानहरूमा पर्नेछ। यो प्रतिवेदन नासाको जेट प्रोपल्सन ल्याबोरेटरी र रुटजर्स युनिभर्सिटीले संयुक्त रुपमा तयार पारेको हो। यस प्रतिवेदनमा उल्लेख भए अनुसार सन् २०१६ देखि २०२३ सम्म आर्थर एशे स्टेडियम र लागार्डिया एयरपोर्ट ४.६ एमएम र ३.७ एमएमले डुबिसकेको छ।

लगातार बढ्दै गएको समुन्द्री सतहका कारण न्यूयोर्कमा डुबेको जोखिम लगातार बढिरहेको उसको भनाइ छ। प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले न्यूयोर्कको तटीय क्षेत्रलाई बाढीबाट जोगाउनु निरन्तर चुनौती रहेको उल्लेख गरेका छन्। न्यूयोर्कका क्षेत्रहरू जुन द्रुत रूपमा डुबिरहेका स्थानहरुमा गभर्नर्स आइल्याण्डको दक्षिणी भाग, स्टेटन आइल्याण्डको मिडल्याण्ड र दक्षिणी समुन्द्री किनारा र दक्षिणी क्वीन्स समावेश छन्।

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेको हालैको प्रतिवेदनले न्यूयोर्क सहरका १० लाखभन्दा बढी भवनको तौल करिब १७ ट्रिलियन पाउण्ड रहेको जानकारीसमेत दिएको छ, जसका कारण पृथ्वीले शहरलाई बिस्तारै निल्न थालेको छ। वैज्ञानिकहरूले न्यूयोर्कको सहरी क्षेत्रमा हरेक वर्ष करिब १।६ मिलिमिटरको वृद्धि भएको पत्ता लगाएका छन्, जुन हरेक महिना खुट्टाको नङ बढ्ने जत्तिकै हो।

युरोपेली अन्तरिक्ष एजेन्सीले सेन्टिनेल– १ उपग्रहको रडारबाट डाटा प्रोसेसिङ प्रविधि प्रयोग गरिएको थियो । अन्तरिक्ष एजेन्सीले वरपरका क्षेत्रहरू र पृथ्वीको निरन्तर डुब्ने अध्ययन गर्‍यो। अध्ययनले सहरहरू औसतभन्दा छिटो संकुचन भइरहेको देखाएको छ। जेपीएल वैज्ञानिक डेभिड बेकर्टले भने, ‘शहर डुब्ने क्रममा समुद्रको सतहमा नजर राख्नु महत्त्वपूर्ण छ। यो पनि महत्त्वपूर्ण छ किनभने पृथ्वीको परिवर्तनले विश्वभरका महासागरहरूमा दबाब दिन्छ, जसले बाढी जस्ता घटनाहरू निम्त्याउँछ र विनाशकारी आँधीबेहरीको सम्भावना सिर्जना गर्दछ।’

 

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस