२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकामा सन्दीपालाई दुई स्वर्ण

काठमाडौं, असोज १४ गते । नेपालकी सन्दीपा अम्गाईले २३ औँ ग्लोबल ओपन कुकिवन कपमा दोहोरो स्वर्ण पदक जित्नुभएको छ ।

अमेरिकाको नर्थ क्यारोलिना स्मिथफिल्डमा भएको प्रतियोगिताअन्तर्गत फेस्टिभ ट्राडिसनल पुम्से इन्डिभिजुयल १८–३० उमेर समूहमा स्वर्ण पदक जित्नुभयो । अमेरिकाकै माडेलिन यियुङलाई हराएर सन्दीपा च्याम्पियन बन्नुभएको हो । सन्दीपाले १८–३० उमेर समूहअन्तर्गत नै ब्लयाकबेल्ट पावर ब्रेकिङ टर्निङ ब्याक किक इभेन्टमा पनि स्वर्ण पदक हासिल गर्नुभयो । सो इभेन्टको फाइनलमा सन्दीपाले बोलिभियाकी खेलाडीलाई हराउनुभएको हो ।

कुकिवनका अध्यक्ष ग्रान्डमास्टर डोङ सुप लिबाट उद्घाटन भएको सो प्रतियोगितामा ६९८ खेलाडी र ३७ रेफ्रीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस