२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डाक्टर कुट्ने वडाध्यक्ष रिहा

पोखरा । लमजुङ जिल्ला अस्पतालका डाक्टर सन्दीप अधिकारीलाई मुक्का प्रहार गर्ने वडाध्यक्ष ऋषि बस्नेत एकलाख धरौटीमा रिहा भएका छन् । वेसीशहर नगरपालिका-७ का वडाध्यक्ष बस्नेत सोमबार एकलाख धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चपाईले जानकारी दिए ।

जिल्ला अदालतको आदेशले डाक्टरलाई मुक्का प्रहार गर्ने वडाध्यक्ष बस्नेतलाई सोमबारनै एक लाख धरौटीमा छोड्न दिएको थियो । आमालाई उपचारका लागि अस्पताल लगेका वडाध्यक्ष बस्नेतले असोज ७ गते राति अस्पतालमै डाक्टर अधिकारीमाथि मुक्का प्रहार गरेका थिए । डाक्टरको उजुरीपछी उनलाई असोज ८ गते पक्राउ गरिएको थियो ।

 

 

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस