२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज सोमबारपनि घट्यो सूनको मूल्य, लगातार घट्नेमा रेकर्ड राख्यो

today gold price in nepal

काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको भाउ घट्नेक्रम जारी छ । तोलामा १ सय रुपैयाँ घट्दै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ८ सय रुपैयाँले घटेको थियो । पाँच दिनमा नै ४३ सयले सुन घटेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदी पनि २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस