२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बझाङ भूकम्प अपडेट : दर्जनौं घर-स्कुल भत्किए, बेपत्ता र घाईते बढ्दै

कैलाली, १६ असोज । बझाङमा गएको भूकम्पमा पनि एकजना बेपत्ता भएका छन् । लेकमा एकजना बेपत्ता भएको खबर आएको र त्यस विषयमा जानकारी लिइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

भूकम्पमा परि अन्य १३ जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई थप उपचारको लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए ।

मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले विभिन्न जिल्लामा क्षति पुर्याएको थियो । हालसम्म मानवीय क्षति भएको विवरण नआएको भएपनि बझाङ सहितका केही जिल्लामा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । आज दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर भूकम्प थियो । भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो । भूकम्पका कारण दर्जनौं घरहरु भत्किएका छन् । विद्यालय र पुराना सरकारी कार्यालयमा पनि क्षति पुगेको छ ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस