२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालविरुद्धको खेलमा यशस्वी जैसवालले रचे यस्तो कीर्तिमान

cricket story yashasvi jaiswal create history becomes the youngest indian batsman to score a century in t20i india vs nepal asian games 2023 live

काठमाडौं । एसियाली खेलकुद २०२३ मा नेपालविरुद्ध क्वार्टरफाइनलमा शतक प्रहार गर्दै भारतीय ओपनर यशस्वी जैसवालले इतिहास रचेका छन् । उनी टी–२० अन्तर्राष्ट्रियमा भारतका लागि शतक प्रहार गर्ने सबैभन्दा कान्छा ब्याट्सम्यान बनेका हुन् । यशस्वी भन्दा पहिले यो कीर्तिमान शुभमन गिलको नाममा थियो ।

यशस्वीले २१ वर्ष २७९ दिनको उमेरमा नेपालविरुद्ध शतक बनाए भने शुभमन गिलले २३ वर्ष १४६ दिनको उमेरमा यसै वर्ष नरेन्द्र मोदी रंगशालामा न्यूजिल्याण्डविरुद्ध शतक बनाएका थिए । यशस्वीको इनिङ्सको कुरा गर्दा उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै १०० रनको विस्फोटक इनिङ खेलेका थिए ।

यशस्वी जैसवाल र शुभमन गिलका अलावा पूर्व भारतीय क्रिकेटर सुरेश रैना र केएल राहुलको नाम पनि यो सूचीमा छ । रैनाले २३ वर्ष १५६ दिनको उमेरमा दक्षिण अफ्रिका (२०१०) विरुद्ध शतक प्रहार गरेका थिए भने राहुलले सन् २०१६ मा वेस्ट इन्डिजविरुद्ध २४ वर्ष १३१ दिनको उमेरमा यो उपलब्धि हासिल गरेका थिए ।

भारतका लागि त्द्दण्क्ष् मा शतक बनाउने सबैभन्दा कान्छो ब्याट्सम्यान

यशस्वी जैसवाल– २१ वर्ष २७९ दिन
शुभमन गिल – २३ वर्ष १४६ दिन
सुरेश रैना – २३ वर्ष १५६ दिन
केएल राहुल – २४ वर्ष १३१ दिन

यशस्वी जैसवालले दुई पटक शतक मनाए
यही क्रममा यशस्वी जैसवालसँग एउटा रमाइलो घटना घट्यो । वास्तवमा, आज उनले आफ्नो शतक दुई पटक मनाए। यशस्वी ९५ रनमा ब्याटिङ गरिरहेका बेला उनले स्कूप सटको मद्दतले बाउन्ड्री बनाएका थिए । बल बाउन्ड्रीभन्दा बाहिर जाने बित्तिकै यशस्वीले आफ्नो शतक मनाउन थाले । तर थर्ड अम्पायरले बाउन्ड्री चेक गर्दा छक्का नभई चौका थियो । यस्तो अवस्थामा यशस्वीले अर्को बलमा एक रन लिएर आफ्नो शतक पूरा गरे र पुनः शतक मनाए।

नेपाल र भारतबीचको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको टिम इन्डियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । यशस्वी जैसवालको शतक बाहेक कप्तान रुतुराज गायकवाड र शिवम दुबेले २५–२५ रनको इनिङ्स खेले । जहाँ रिंकु सिंहले १५ बलमा ३७ रनको अविजित इनिङ खेले । भारत नेपालसँग २३ रनले विजयी भयो ।

 

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस