२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दीपेन्द्र सिंह ऐरीले भारतसँग जितको सम्भावना जगाए, चमत्कार देखाएर आउट

Dipendra Singh Airee

काठमाडौं । १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध खेलिरहेको नेपालका दीपेन्द्र सिंह ऐरीले देशलाई जितको आशा जगाएका छन् । खराब ब्याटिङ गरिरहेको नेपाल चार विकेट ढलेपछि आएका दीपेन्द्रले चमत्कार नै गरेका छन् ।

उनले मात्र १४ बलमा ३२ रन जोडे । उनले चार छक्का लगाए । स्कोरमा अति पछाडि भएका बेला चुट्नु नै पर्ने अवस्था थियो । त्यो अवस्थालाई दीपेन्द्रले सदुपयोग गरे तर उनी १५ औं बलमा आउट हुन पुगे । उनलाई रवि बिश्नोईले साई किशोरबाट बोल्ड आउट गरए ।

 

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस