२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालले भारतविरुद्धपनि चमत्कार गर्यो : सन्दीप लामिछानेले लिए तेस्रो विकेट

Sandeep Lamichane

काठमाडौं । नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिए । उनले जितेश शर्मालाई घर फर्काए । उनले ४ बलमा ५ रन बनाउन सके । १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध नेपालले तीन विकेट लिइसकेको छ । दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले यसअघि एक–एक विकेट लिएका हुन् । दीपेन्द्र सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाए । दीपेन्द्रले भारतका कप्तान ऋतुराज गायकवाडलाई १० औं ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराए । दीपेन्द्रले आक्रामक सुरुवात गरेको भारतको १०३ रनको साझेदारी तोडेका छन् ।

झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डको मैदानमा भएको टसमा भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपाली टोलीमा करण केसी र अभिनास बोहरा टिममा रहँदा विनोद भण्डारी र ललित राजवंशी बेन्चमा रहेका छन्। भारतीय कप्तान ऋतुराज गायकवाडले नेपालविरुद्ध छक्काको बर्षा नै गरेका थिए । उनले ३३ बलमा ५ छक्का र ६ चौका सहित ७० रनको योगदान गरे । अर्का ब्याटरलाई भने नेपालले राम्रै खिचेको छ ।

नेपालले समूहचरणमा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनको विश्व कीर्तमानी स्कोरले हराउँदै क्वाटरफाइनल प्रवेश गर्दा भारतले भने सिंधै क्वाटरफाइनलमा स्थान बनाएको हो। भारतले आफ्नो दोस्रो रोजाइको टिम चीनमा पठाएको छ। ऋतुराज गायकवाडको कप्तानीमा रहेको टिममा अधिकांस खेलाडीले राष्ट्रिय टिमको अनुभव बटुलिसकेका छन्। साथे आइपिएलमा धुवाँधार प्रदर्शन गरेकाले भारतीय टिम उपाधि दाबेदार हो। नेपालले टी-२० अन्तराष्ट्रियमा पहिलो पटक भारत विरुद्ध खेल्न लागेको हो।

नेपाल लगातार दोस्रो महिना भारतसँग खेल्न लागेको हो। अघिल्लो महिना एसियाकप क्रिकेटमा नेपालले एकदिवसीय खेलमा भारत र पाकिस्तानको सिनियर टिमसँग प्रतिस्पर्धा गरेको थियो। क्वाटरफाइनलमा सबै टेस्ट टिमले सोझै स्थान बनाउँदा सबै टेस्ट टोलीले विश्वकपको कारण दोस्रो रोजाईको टोली पठाएका छन्।

 

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस