२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झण्डै दुई हप्ता लगातार घटेको सुनको मूल्य आज बुधबार बढ्यो

today gold price in nepal

काठमाडौं । नेपाली बजारमा निरन्तर ओरालो लागेको सुनको भाउ आजदेखि बढ्न थालेको छ । तोलामा ३ सय रुपैयाँ बढ्दै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो १३ सय रुपैयाँले घटेको थियो । छ दिनमा नै ५६ सयले घटेको सुन हल्का करेक्शन हुन थालेको छ । हिजो छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६०० थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुनको मूल्य १ लाख ६ हजार १०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको छ ।

 

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस