२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सेयर बजारमा तहल्का मच्याउन चाहानुहुन्छ ? यसरी छान्नुहोस् राम्रो सेयर

काठमाडौं । सेयर बजारबाटै करोडौं कमाउने सपना बोकेर लगानी गर्ने सही कम्पनीहरूको छनोट गर्न नसक्दा रोडपति भएका पनि धेरै भेटिन्छन् । तर जान्यो भने हजारबाट सुरु गरेको कारोबार अर्बबाटपनि माथि उक्लिएकोपनि छ । त्यो कसरी राम्रो गर्ने ? आज हामी विश्वविख्यात ज्ञाताहरुको ज्ञान बाँड्दैछौ ।

लगानीकर्ताहरूले बजार सधैं एउटै गतिमा मात्र हिँड्दैन भन्ने पनि ख्याल राख्नु अति जरुरी छ । नवप्रवेशी धेरै सेयर लगानीकर्ताहरूलाई सेयर खरिद गर्ने समय र सेयर खरिद प्रक्रियाबारेमा जानकारी नभएर सेयर बजारमा कमाउने भन्दा धेरै गुमाउने गरेको पाइन्छ । हरेक लगानीकर्ताले सेयर बजारबाट धेरै आम्दानी गर्ने रहरले लगानी गरेका हुन्छन् ।

अहिलेको समय सेयरबजार प्रविधिमैत्री बन्दै जाँदा अब लगानीकर्ताहरूले ब्रोकर कार्यालय नै नधाई संसारका जुनसुकै कुनाबाट सहज रूपमा सेयर खरिदबिक्री गर्न पाइरहेको छ । यस्तो अवस्थामा नयाँ लगानीकर्ताहरूले कम्पनीहरूको छनोट गर्दा बजारमा छाएको रौनकलाई आवेगमा नआई योजनाबद्ध, रणनीतिक हिसाबले विश्लेषण गरी अघि बढ्नुपर्छ । यसरी बजार प्रवेश गरिसकेका तथा अब आउने नयाँ लगानीकर्ताहरूका लागि सेकेन्डरी बजारमा राम्रा कम्पनी कसरी छनोट गर्ने भन्ने दुविधा उत्पन्न भइरहन्छ । यसरी भर्खरै बजार प्रबेश गर्नुभएका तथा बजार प्रवेश गर्न खोजिरहनुुभएका लगानीकर्ताहरूलाई कसरी राम्रो कम्पनी छनोट गर्ने भन्नेबारे छोटकरीमा तल वर्णन गरिएको छ ।।।

सर्वप्रथम खरिद गर्ने सेयरका लागि आवश्यक रकम आफैं जुटाउनुहोस् । यदि कर्जा लिएर लगानी गर्दै हुनुहन्छ भने आफ्नो आयस्रोतको हिसाब गरेर मात्र लिनुुहोस् । आफैंसँग भएको रकम वा कर्जा लिएको पैसालाई ३ देखि ४ भागमा विभाजन गरेर लगानी अगाडि बढाउनुुहोस् । कर्जा लिएको पैसाको करिब ७० प्रतिशत रकम लगानी गरी बाँकी लगानीयोग्य रकमका रूपमा आफूसँग साथमा राख्नुपर्छ । कुनै बेला सेयर बजारमा आउने उतारचढाबमा सो रकम प्रयोग गर्न सकिन्छ ।

यस्तै कम्पनी छनोट गर्दा आफ्नो लक्ष्य वा अपेक्षा पनि सँगै राख्नुपर्ने हुन्छ । जस्तो लगानीकर्ताहरूका लक्ष्य फरक–फरक हुन्छन् । कतिपय लगानीकर्ताले लगानीबाट नियमित आम्दानी चाहेका हुन्छन् भने कतिपयले आम्दानी र सम्पत्तिमा वृद्धि दुवै चाहेका हुन्छन् । यसको अर्थ लगानीकर्ताहरूले लगानी गर्दा अल्पकालीन समयका लागि गर्ने कि दीर्घकालीन समयका लागि गर्ने रु यसबारे बजार प्रवेश गर्नुुभन्दा अगाडि नै निर्णय लिइसक्नुुपर्छ ।

लगानीलाई एउटै क्षेत्रमा कहिले पनि लगाउनु हुुँदैन । किनभने समय–समयमा आउने उतारचढावले लगानी जोखिमपूर्ण हुने गर्छ । त्यसैले लगानीकर्ताहरूले लगानी विविधीकरणको सिद्धान्त प्रयोग गरी आफ्नो लगानी अगाडि बढाउनुुहोस् । यदि कारणवश एउटा क्षेत्रमा गिरावट आयो भने उक्त क्षेत्रबाट हुने नोक्सानी अर्को क्षेत्रबाट परिपूर्ति हुन सक्छ, जसले गर्दा जोखिम कम गर्न सकिन्छ ।

सेयर खरिद गर्दा सुुरुमा विभिन्न क्षेत्रका कम्तीमा उत्कृष्ट १५ देखि २० वटा कम्पनीको छनोट गरी तिनीहरूको वित्तीय सूचकहरूको तुलनात्मक अध्ययन, अनुसन्धान र कम्पनीका सम्बन्धमा आवश्यक सूचना संकलन तथा विश्लेषण गरी लगानी अगाडि बढाउनुुपर्छ ।

यदि सेयर बजारसम्बन्धी अनभिज्ञ हुनुहन्छ भने सुरुमा लगानी कहिल्यै नगर्नुहोस । बजारको राम्रोसँग अध्ययन गरेर मात्रै प्रवेश गर्दा धेरै राम्रो हुन्छ । कसैको बहकाउमा वा हल्लाको पछि लागेर कहिल्यै लगानी गर्नु हुँदैन ।

बेलाबेला सेयर बजारमा हुने उत्तारचढावलाई लगानीकर्ताहरूले सामान्य रूपमा लिनुुपर्छ । बजार बढ्दा मात्तिने तथा घट्दा आत्तिने कहिल्यै गर्नु हुँदैन । त्यसैले भन्ने गरिन्छ, धैर्यता लगानीकर्ताहरूमा नभइनहुने गुण हो । बजार घटेपछि बढ्ने तथा बढेपछि घट्ने नियमित प्रक्रिया हो । यसलाई सहजै स्वीकार गर्न सक्ने खुबी लगानीकर्ताहरूको हुनुपर्छ ।

राजनीतिक उथलपुुथल, सरकार परिवर्तन तथा राष्ट्र बैंकबाट हुने मौद्रिक नीति–नियमहरूका कारणले सेयर बजारमा पर्ने सकारात्मक तथा नकारात्मक प्रभावहरूलाई आत्मसात् गर्न सक्नुपर्छ । यस्तो बेला सञ्चारमाध्यमहरूमा आउने समाचारहरूले सेयर बजारमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पु¥याउने गर्छ, जसका कारण कुनैै पनि कम्पनीको मूल्य बढाउन वा घटाउन केही तŒवहरू सक्रिय हुन्छन् । यस्तो अवस्थामा आफ्नो स्व–विवेक पु¥याएर लगानी गर्नुपर्ने हुन्छ ।

यदि सेयर बजारमा कुनै कम्पनीको सेयरमा लगानी गर्ने सोचविचार गर्नुुभएको छ भने कम्तीमा ६ महिना अगाडिदेखि त्यस कम्पनीका बारेमा गहन अध्ययन, अनुसन्धान तथा विश्लेषण गर्नुपर्छ, जसले गर्दा लगानीयोग्य समय पहिचान गर्न सजिलो हुन्छ । बिनाअध्ययन कहिल्यै लगानी गर्नु हुँदैन ।

कम्पनी छनोट गर्दा ध्यान दिनुपर्ने अर्को कुरा सन्तुलित दरले लाभांश वितरण गरेको छ कि छैन हेर्नुहोस् । कम्तीमा पनि पाँच वर्षसम्मको लाभांश इतिहास हेर्दा राम्रो हुन्छ । हकप्रदबाट आफ्नोे पुँजीलाई वृद्धि गर्ने कम्पनी भन्दा बोनस सेयर दिएर पुँजी वृद्धि गर्ने कम्पनी लगानीकर्ताहरूका लागि उचित हुन्छ ।

लगानीलाई जहिले पनि दुई भागमा विभाजन गर्नुपर्छ । आफ्नो लगानी विभिन्न कम्पनीको सेयर खरिद गर्दा अल्पकालीन र दीर्घकालीन दुवै दृष्टिकोणबाट अध्ययन गर्नुपर्छ, जसले गर्दा बजारमा आउने उतारचढावबाट विचलित हुनपर्ने अवस्था कहिल्यै आउनेछैन । ४० प्रतिशत लगानी अल्पकालीन तथा बाँकी ६० प्रतिशत लगानी दीर्घकालीन योजना बनाएर लगानी गर्दा राम्रो हुन्छ ।

लगानीकर्ताहरूको परम् शत्रु भनेर लोभ र डर चिनिन्छ । यदि सेयर बजार मात्र नभई जुनसुकै व्यवसाय गर्दै हुनुहुन्छ भने यी दुई कुरालाई आफ्नो मुठीमा राख्नुपर्छ । सेयर बजारमा सामान्य उतारचढाव आइरहन्छ । बजारको गतिसँगै आफूलाई चलायमान बनाउनुहोस् । सेयर बजारबाट उचित नाफा कमाउनबाट वञ्चित गराउने यी शत्रुहरूलाई परास्त गर्दै आफ्नो क्षमता विकास गर्नुपर्छ ।

सकभर प्रतिसेयर आम्दानी रु. १५ भन्दा बढी भएको कम्पनीमा लगानी गर्ने, जुन कम्पनीको खुद आम्दानीलाई जम्मा कम्पनीको सेयर संख्याले भाग गरी निकालिएको हुन्छ । त्यस्तै मूल्य–आम्दानी अनुपात सकभर १५ भन्दा कम भएको कम्पनीमा लगानी गर्दा उत्तम मानिन्छ । मूल्य आम्दानी अनुपात गणना बजारमा हालको मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरी निकालिन्छ । उदाहरणका लागि यदि कुनै कम्पनीको मूल्य आम्दानी अनुपात १५ गुणा छ भने एक रुपैयाँ कमाउन रु. १५ तिर्नुपर्छ ।

कम्पनीको जगेडा कोष तथा सञ्चित मुनाफाको आकार बलियो अनि दिन–प्रतिदिन बढ्दो क्रममा छ भने त्यस्तो कम्पनीलाई तुलनात्मक रूपमा धेरै राम्रो मानिन्छ । यस्ता कम्पनी कम जोखिमपूर्ण हुन्छ । यी कम्पनीहरूले वर्षैपिच्छे सन्तुलित दरले लाभांश वितरण गर्छ ।

सेयर लगानीकर्ताहरूले ब्याजदर र सेयर बजारबीच ठीक उल्टो सम्बन्ध रहेको हुन्छ । ब्याजदर बढ्दा सेयर बजार घट्ने तथा ब्याजदर घट्दा सेयर बजार बढ्ने हुन्छ । त्यसैले बैंकहरूले समय–समयमा निकाल्ने ब्याजदरहरूको अध्ययन गर्नुपर्छ ।

कुनै समयमा हुने राजनीतिक–आर्थिक परिवर्तन, दैविक प्रकोप आदिजस्ता कुराहरूले पनि सेयर बजारमा असर गरिरहेको हुन्छ । यस्तो अवस्थाले ल्याउने उतारचढावलाई लगानीकर्ताहरूले अवसरका रूपमा लिएर अघि बढ्नुपर्छ । सेयर बजारले तपाईं–हामीलाई चुनौतीका साथै अवसर पनि दिइरहेको हुन्छ । तसर्थ चुनौतीको सामना गर्दै अवसरबाट फाइदा लिनुहोस् । लगानीकर्ताहरूले संयमित भएर राम्रो कम्पनीहरूमा लगानी बढाऊँ । कसैको बहकाउ वा भ्रममा नपरी स्वविवेकले अलिकति पनि विचलित नभई आत्मबल उच्च पार्दै आफूले लिन चाहेको सूचीकृत कम्पनीहरूको पहिचान गरी अल्पकालीन तथा दीर्घकालीन दृष्टिकोणसहित राम्रोसँग अध्ययन गरी आफ्नो लगानी विस्तार गर्नुहोस् ।

 

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस