२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा अवतरण गर्न खोजेको कतार एयरको जहाज ओभरसुट

१७ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नैलाग्दा कतार एयरवेजको जहाजलाई ओभरसुट गर्नुपरेको छ । रनवे भिजिविलिटी रेन्ज (आरभीआर) कम हुँदा कतार एयरवेजको जहाजलाई क्याप्टेनले ओभर सुट गरेका हुन् ।

उडान नं. ६८४ नम्बरको यो जहाज दोहाबाट काठमाडौं आएको थियो । जहाज बुधबार बिहान सवा सात बजे अवतरण गर्दै थियो । धावनमार्ग नदेखेपछि ‘मिस अप्रोच’ गरेको जहाज केही समयपछि काठमाडौं अवतरण गरेको छ । त्रिभुवन विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरु सिमरामाथिको आकाशबाटै एप्रोच लिने गर्दछन् ।

जहाजहरु ओभरसुट हुनुलाई अधिकारीहरु सामान्य रुपमा लिन्छन् । कहिलेकाहिँ एप्रोच नमिलेर, भिजिबिलिटी कम भएर र कहिलेकाहिँ जहाज हाई अल्टिच्युड भएर आउँदा पनि ओभर सुट हुने गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि पनि जहाजहरु ओभरसुट भएका विवरणहरु छन् । २०७९ भदौमा सिंगापुर एयरलाइन्सको जहाज र गत वैशाखमा एयर इण्डियाको जहाज ओभरसुट भएका थिए ।

 

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस