२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

कीर्तिपुरमा मोटरसाइकलकाे ठक्करबाट बालकको मृत्‍यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ। बिहीबार बिहान अन्दाजी साढे ९ बजे कीर्तिपुर नगरपालिकास्थित ल्याबरेटोरी स्कुल अगाडि मोटरसाइकलले ठक्कर दिएर १२ वर्षीय बालकको मृत्यु भएको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले जानकारी दिए।

सिन्धुपाल्चोक घर भई कीर्तिपुर बस्ने १२ वर्षीय सुरज मगरको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरलाई बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो। त्यहाँ पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। बालकलाई मोटरसाइकलले ठक्कर दिएको बयानको आधारमा अनुसन्धान अघि बढाएको छ।

 

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस