२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादीमा छोरीज्वाइँ र भाइभतिजा सप्रेका छन्, कार्यकर्ता तड्पिएका छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका नेता कार्यकर्ताले आफूसँगको भेटमा गुनासो पोख्ने गरेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीसँग कुनै नीति नभएको बताए । उनले भने, ‘माओवादीले नराम्रोबाहेक केही गरेका छैनन् । माओवादीका नेता कार्यकर्तासँग भेट गर्दा मसँग पीडा पोख्छन् । छोरी ज्वाइँ, भाइ भतिजा भान्छ सप्रेका छन् माओवादी नेता कार्यकर्ता पीडित भएर तड्पिएका छन् । तीनले गरेको योगदान सम्झिन पनि फुर्सद छैन । यिनीहरुसँग कुनै नीति छैन ।’

उनले कांग्रेस माओवादीको पछाडि लागेको देखेर आफूलाई अचम्म लागेको बताए । उनले भने, ‘कांग्रेस र हामी सँगसँगैको पार्टी हौं । तर, कांग्रेस साँच्चै पुरानो भयो । केही पनि गर्न नसक्ने । ८७ सीट छ तर ३२ सीटको पछाडि लुरुलुरु लागेको छ । निरीह भएको छ । आफूसँग कति सीट छ पनि चाल पाउँदैनन् । माधव नेपालले भन्नु त ठीक हो । जेसुकै गल्ती गरेपनि कांग्रेसपछिको सरकार सोच्न सकिँदैन । हामी कांग्रेसकै पछि लाग्छौं । माधव नेपाललाई त सुहाउँछ । तर, कांग्रेस चाहिँ ३२ सीटको पछाडि किन लागेको छ ।’ उनले माधव नेपालले कांग्रेस र माओवादीको पछि लाग्छु भन्न सुहाउने बताए ।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस