२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खोटाङको अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा ‘राई इज किङ’को प्रस्तुती

खोटाङ, १५ असोज । खोटाङमा जारी ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’मा ‘राई इज किङ’ राजेश पायल राईले सांगीतिक प्रस्तुती दिने भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा असोज १७ गतेदेखि असोज २१ गतेसम्म चलिरहेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’मा राई इज किङ दिक्तेल जान लागेका हुन् ।

चर्चित गायक राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सद्भावना दूत पनि हुन् । गायक राईले असोज २० गते दिक्तेलमा सांगीतिक प्रस्तुती दिने मेयर तीर्थराज भट्टराईले बताए । जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धनमा गर्ने उद्धेश्यले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ भइरहेको छ । कार्यक्रममा नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम लगायत १४ देशका ४० जनाभन्दा बढी ख्यातीप्राप्त कलाकारको सहभागीता रहेको छ ।

लाइभ चित्रकला कार्यशाला एवं कला प्रदर्शनी कार्यक्रम अन्तरगत स्वदेश तथा विदेशका कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँबाट खिचेर ल्याएएका तस्बिरलाई क्यानभासमा प्रत्यक्ष उतारेका छन् । १८ लाख खर्च हुने लाइभ चित्रकला कार्यशाला एबं प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका कलाकारले करिब सयको हाराहारीमा क्यानभास पेन्टिङ तयार पारिरहेका छन् ।

कलाकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेलमा चित्रकला प्रदर्शनी सहित स्थानीय परिकारको स्टल, साँस्कृतिक झाँकी, नृत्य प्रदर्शन हुनेछ । कलाकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौंको आर्ट ग्यालरीमा ल्याएर प्रदर्शनी गरिनेछ । खोटाङको कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जंगल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको हो । जिल्लाका अन्य नौ स्थानीय तहबाट प्राथमिकीकरण गरेर पठाइएका तस्बिरहरुलाई क्यानभास उतारिएको छ । यी अत्यन्तै कलात्मक र सुन्दर देखिएका छन् ।

 

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस