२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टिकासमा समस्या आएपछि काठमाडौंबाट साउदी अरब उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो

काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो ।

विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको थियो । जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको स्रोतले बतायो । स्रोतका अनुसार उक्त जहाजको प्राविधिक परीक्षणको काम जारी छ । यात्रुहरुका लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ ।

टिकास के हो ?

जहाजहरुको ककपिटमा ‘ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम– टीसीएएस’ (टिकास) हुन्छ । टिकासबाट पाइलटले आकाशमा उडिरहेका अरु जहाजहरु कति दुरीमा छन् र कति उचाइमा छन् भन्ने कुरा थाहा पाउँछ । यदि टिकासमा समस्या आए अरु जहाजहरुको पोजिसन थाहा हुँदैन । अर्को कुरा काठमाडौंबाट दमाम उड्ने जहाजहरु ३५–३६ हजार फिट उचाइमा उड्छन् । यदि टिकासमा समस्या आयो भने २९ हजार फिट भन्दा तलको उचाइमा उड्नुपर्छ । त्यसलाई रिड्युस्ड भर्टिकल सेपरेसन मिनिमा (आरभीएसएम) भनिन्छ । आरभीएसएममा छिर्न मिल्दैन । आरभीएसएम भनेको २९ हजारदेखि ४१ हजार फिटसम्म रहन्छ । लो लेभलमा उड्दा जहाजको इन्धन बढी खर्च हुने गर्दछ । त्यसैले नेपाल एयरलाइन्सको जहाज दमाम नपुग्दै डाइभर्ट भएको स्रोतले बतायो ।

 

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस