२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी, पदाधिकारीमा पृथ्वीसुब्बा समूहकाे कब्जा

काठमाडौं । नेकपा (एमाले) गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । भर्खरै घोषित मत परिणाम अनुसार शर्माले ५३१ मत प्राप्त गरे भने प्रतिष्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । कूल ९०६ जनामध्ये ८९६ मत खसेकोमा शर्माले अधिकारीलाई मतले पछि पारेका हुन् ।

म्याग्दीका शर्मा तदर्थ समितिका अध्यक्ष पनि हुन् । उनी एमाले उपमहासचिव पृथ्वीसुब्बा समूहबाट मैदानमा प्यानलसहित होमिएका थिए । यस्तै, लमजुङका मायानाथ अधिकारी केन्द्रीय सदस्य थिए । अब पराजसँगै पार्टीको विधान अनुसार उनको केन्द्रीय सदस्य पद पनि गुमेको छ । अधिकारी स्थायी कमिटि सदस्य खगराज अधिकारी समूहका हुन् ।

पदाधिकारीमा पृथ्वीसुब्बा समर्थित प्यानलकै जीत भएको छ । अधिवेशन असोज १५ गतेदेखि सुरु भएको थियो । चौथो दिन विहीबार मध्यान्ह ११ः५५ बजेदेखि सुरु भएको मतदान साढे ५ बजेसम्म चल्ने तालिका सार्वजनिक भएपनि ४ घण्टा बढी समयसम्म चल्यो ।

मतदानमा १० जना अनुपस्थित रहे । बागलुङका २ जना र मनाङका ८ जना प्रतिनिधि अनुपस्थित रहेको बताइन्छ ।

 

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस