२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हिमालय एयरलाइन्सको जहाज बिग्रिदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र

काठमाडौं, असोज १९ । हिमालय एयरलाइन्सको जहाज बिग्रिदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र परेका छन् । स्थानीय समय अनुसार विहिबार दिउँसो २ बजे दुबईबाट नेपाल फर्किन विमानस्थल पुगेका १६४ जना यात्रु १८ घण्टादेखि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका हुन् ।

विमानस्थलको फ्लाईट इन्र्फमेशन डिस्प्ले सिस्टममा पटक–पटक जहाज डिले भएको जानकारीपछि यात्रुहरु हिमालय एयरलाइन्सको सेवा प्रति आक्रोसित बनेका छन् । दुबईम रहेका हिमालय एयरलाइन्सका कन्ट्रिमेनेजर यात्रुको समस्या प्रति गैरजिम्मेवार हुँदै विमानस्थल भित्रै लुकेर बसेको यात्रुहरुको गुनासो छ । अहिले विमानस्थलमा रहेको हिमालयल एयरलाइन्सको काउन्टरमा कोहिपनि प्रतिनिधि छैनन् । कन्ट्रिमेनेजरले जहाजमा आएको समस्या र भइरहेका पहलबारे जानकारी नगराउँदा यात्रुहरु थप आक्रोसित बनेका छन् ।

जहाजमा प्राविधिक समस्या आएको बताइए पनि हिमालय एयरलाइन्सले यात्रुको व्यवस्थापन र यात्रुलाई सहि सुचना नदिएको पीडित यात्रु मध्येका एक यात्रु सुवास न्यौपाने रिपोर्टर्स नेपाललाई जानकारी गराए। विमानस्थलमा अन्य यात्रुसँगै अलपत्र परेका काठमाडौं मुलपानी घर भएका एक न्यौपानेका अनुसार उडान नम्बर एच नाइन ५६८ को जहाजको उडान तालिका पाँच चोटी परिवर्तन भईसकेको र अव कहिले उडान हुन्छ भन्नेबारे अन्यौल रहेको छ।

उनले भने, ‘१८ घण्टादेखि यात्रुहरु विमास्थलमा भोकै अलपत्र परेका छौ । हिमालयका कन्ट्रिमेनेजर लगायत कोहिपनि प्रतिनिधि सम्पर्कमा आउँन चाहेका छैनन् । अलपत्र यात्रुमा दिएको छैन् । १८ घण्टादेखि विमानस्थलमा अलपत्र यात्रुमा कोहि विमारी, बालबच्चाहरुले थप सास्ती भोगिरहेका छन् । पीडित यात्रुमा घरमा आमा बुवा सिकिस्त विमारी रहेकोले भेट्न जान हिडेका, विशेष कामले नेपाल गई पुनः दुई दिनमा दुबई फर्किने टिकट लिएका यात्रुहरुसमेत छन् ।’

जहाजमा डिले हुँदा वा जहाजमा कुनै प्राविधिक समस्या आई उडान रोकिन पुगे सम्बन्धित हवाई कम्पनीकै खर्चमा यात्रुलाई तारे होटलमा राख्नुपर्ने व्यवस्था भएपनि हिमालयले यात्रुको व्यवस्थापनमा भने कुनै चासो नदेखाएको उनको भनाई छ । यात्रुले हो–हल्ला गरेपछि भर्खरै प्रति यात्रुलाई एक–एक बर्गर र कोल्ड ड्रिङ्स उपलब्ध भएको उनले बताए । यात्रुहरुले आफुहरुको कुनैपनि हालतमा हिमालय एयरलाइन्समार्फत नेपाल नजाने भन्दै टिकट फिर्ताको माग अघि सारेका छन् ।

उनले भने, ‘५२० दिराममा उपलब्ध हुँदै आएको हवाई टिकट हिमालय एयरलाइन्सले होल्ड गरेर राख्दा आफूहरुले ११ सय ६८ दिराममा किनेका छौ । यती महंगो हवाई भाडा लिएर यात्रुलाई अलपत्र पार्दा हवाई कम्पनी र नेपाल सरकार जवाफदेही हुनु पर्दैन? हाम्रो रेमिट्यान्सले बाँचेको सरकारले अलपत्र यात्रुको पीडा सुन्नु पर्दैन् । पर्यटनमन्त्री कहाँ सुतेर बसेका छन ? हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जहाजमा प्राविधिक समस्या आएको र प्राविधिकहरुले परिक्षण गरिरहेको बताए । यात्रु अलपत्र परेको विषयमा आफुले बुझ्दै गरेको र यात्रुलाई जति सक्दो चाँडो नेपाल ल्याउने उनको भनाई छ ।

 

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस