२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसदमा कविता: ‘खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो ३ हजार’

काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महंगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यसपालिको दशैँ मनाउछन्? भन्दै सरकारलाई प्रश्न गरेका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमार्फत सरकारलाई प्रश्न गरेका हुन्। उनले चाडपर्व नजिएसँगै जनताले दशैँ मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान नगएको भन्दै महँगी नियन्त्रण गर्न माग गरे। उनले बजारमा एक बोरा चामललाई समेत ३ हजार र दाल किलोको २५० रुपैयाँ पुगेको बताए। सरकारले दशैं पेस्कीको रुपमा जनतालाई महँगी दिएको भन्दै कवितामार्फत उनले ब्याङ्ग्य गरे।

उनले भने,‘खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको २५०, बजार भाउ सुन्दा गुम्छ होस् हवास्, तरकारीले भाउ नै नसोध भनेझैँ गर्छ ,गोलभेडाले के किन्लास् भनेर आँखा तर्छ ,दशैँ पेस्की आउने कहिले कहिले पेस्कीमा महंगो आयो, सरकारका घर त ,उज्याला होलान् नहुनेका घरमा अहिले अध्याँरो छायो ,आउन लागेको दशैँ सम्झेर जनता मुर्छा पर्छ,सरकार गरिबको दशैं यसपालि कसरी टर्छ,मेरो प्रश्न छ जवाफ देऊ सरकार जनताको दशैं यसपालि कसरी टर्छ।’

 

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस