२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

मापसे गरेका व्यक्तिले तेस्रो लिंगीलाई जिस्काउँदा पेप्सीकोलामा कुटपिट, २ जना घाइते

काठमाडौं। काठमाडौंको पेप्सीकोलामा तेस्रो लिङ्गीको समूहको आक्रमणबाट २ जना घाइते भएका छन्। निजी गाडीमा मदिरा सेवन गरेर आएका दुई व्यक्तिले तेस्रो लिङ्गीलाई जिस्काएको भन्दै विवाद उत्पन्न भएको थियो। त्यसपछि उनीहरुले ती दुई व्यक्तिलाई कुटपिट गर्नुका साथै सवारी साधनहरुमा पनि तोडफोड गरेको बुझिएको छ।

तेस्रो लिङ्गीको समूहले विवाद गर्दा केहीबेर तनाव उत्पन्न भएको र ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए। घाइतेको उपचार भइरहेको छ। प्रत्यक्ष दर्शीका अनुसार प्रहरीलाई समेत स्थिती नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो। ढुंगा हान्न थालेपछि प्रहरी आफै भागेका थिए।

 

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस