२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धरानमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

Road Accident

धरान । सुनसरीको धरानमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्। धरान–८ स्थित कोशी हाइवेको लांघाली चोकमा शुक्रबार धरानबाट इटहरी जाँदै गरेको को १ ख ४०६३ नम्बरको मालवाहक ट्रकले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

सो दुर्घटनामा स्कुटरमा सवार इटहरी–९ घर भएका ४५ वर्षीय आशबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। स्कुटरको पछाडि सवार धनकुटाको साँगुरीगढी–९ घर भएका ५० वर्षीय टेकबहादुर राई दुर्घटनामा गम्भीर घाइते भएका छन्। उनको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले ट्रक चालक धनकुटाको चौबिसे गाउँपालिका–६ का ३० वर्षीय चन्द्रप्रसाद राईलाई पक्राउ गरेको छ।

 

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस