२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सल्यानमा ३ दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत भेटिइन्

२० असोज, दाङ । सल्यानमा तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत फेला परेकी छन् । सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

असोज १५ गते बेलुकादेखि घरबाट हराएकी रोका तीनदिनसम्म पनि फेला परेकी थिइनन् । त्यसपछि गाउँले र आफन्तले उनको खोजी गरेका थिए । बिहीबार भने घरभित्रबाट शवको गन्ध आएपछि खोज्न जादा खाद्यन्य राख्ने भकारीभित्र उनको शव फेला परेको प्रहरी कार्यालय सल्यानको प्रहरी निरिक्षक तथा प्रवक्ता गोपाल श्रेष्ठले लेकाली बताए ।

मृतकको रोका घरमा मृतक महिलासहित उनका छोरा, छोरी र बुहारीसँग बस्दै आएक थिए । घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । शवलाई जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम लगिएको छ ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस