असोज २९, काठमाडौं । नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य ह्वात्तै बढेको छ । आइतबार प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको थियो । हिजो मंगलबार ४०० रुपैयाँले घटेको सुन आज बुधबार एकैदिन एक हजार तीन सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार २०० सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ९०० रुपैयाँ थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्यपनि बढेको छ । आइतबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भएको थियो । हिजो मंगलबार भने १३ सय ७५ रुपैयाँमा नै पाइनेगरी मूल्य तोकिएको थियो । तर आज एक हजार ४१० रुपैयाँ तोकिएको छ । चाँदीपनि आज ३५ रुपैयाँले बढेको हो ।