२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बर्दिया र खोटाङमा आगलागी

खोटाङ, २ कात्तिक । खोटाङ, साकेला गाउँपालिका-५ बस्ने तेज बहादुर खड्काको घरमा बुधबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन, काठपात लगायतका सामानहरू पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बर्दिया, गेरुवा गाउँपालिका-४ दक्षिणपुर बस्ने भरत देउवाको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा नगद ४५ हजार रूपैयाँ, सुन १ तोला, अन्नपात, घरायसी सामान र काठपात लगायतका सामानहरू पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस