२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भोजपुरमा हराइरहेकी ७ बर्षीया बालिका ओडारमा मृत फेला : बलात्कारपछि हत्या गर्ने पक्राउ

Pakrau arrested

भोजपुर । भोजपुरमा विहिबारदेखि हराइरहेकी एक बालिकाको बलात्कारपछि हत्या भएको छ। एक सात वर्षीया बालिकालाई २१ बर्षीय दीपचन्द्र राइले बलात्कार गरी हत्या गरेको प्रारम्भिक अनुशन्धानमा देखिएको छ ।

प्रहरीले हत्यारा राईलाई पक्राउ गरी कानूनी कारवाहीको प्रकृया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका एसपी सुदीप पाठकका अनुसार हत्या अभियोगमा पक्राउ परेका राईले बलात्कार गरी हत्या गरेको स्वीकार गरेका छन्। ‘विहिबारदेखि हराइरहेकी बालिकाको खोजीमा प्रहरीले जानकारी पाएदेखिनै खोजी कार्यमा लागि रहेको थियो। अभियुक्तलाई शुरुमै नियन्त्रण लिएर सोधपुछको क्रममा हत्या गरेको स्वीकार गरेपछि उनलाई कानूनी कारवाही अघि बढाइएको छ’, एसपी पाठकले भने।

एसपी पाठकाका अनुसार प्रहरीले शनिवार बिहान आमचोक गाउँपालिका–६ टेङलुङछुकस्थित जंगलको गुफामा पानीमुनी बालिकाको शव फेला पारेको थियो। नाबालिका अभियुक्त राईसँगै खेलिरहेको अवस्थामा बिहीबार साँझ ६ बजेदेखि हराइरहेकी थिइन्। परिवारले आफ्नी छोरी खेलिरहेको बेलामा हराएको भन्दै फोनमार्फत प्रहरीलाई जानकारी गराएपछि तत्कालै प्रहरीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। ‘प्रहरीको टोलीले घरमा पुगेर बालिकाको विवरणहरू लिएको थियो। शुक्रबार इलाका प्रहरी कार्यालय बोयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली खटिएर नाबालिकाको खोजी गर्न थाल्यो, शंका लागेकाले राइलाई पनि हाम्रो टोलीले नियन्त्रणमा लिइसकेको थियो’, एसपी पाठकले भने।

अभियुक्त दिपचन्द्र राई नाबालिकाका छिमेकीसमेत हुन्। मृतक परिवारले उनीमाथि शंका गरेको थिएन, तर उनीसँगै नाबालिका खेलिरहेकाले प्रहरीले शंका गरेर साथमै लिएर अनुसन्धन सुरु गरेको थियो । सुरूमा प्रहरीले उनलाई सोधपुछ गर्दा आफूलाई घटनाबारे थाहा नभएको बताइरहेका थिए। तर प्रहरीले उनको शरीरमा हेर्दा ढाडमा चिथोरेका घाउहरू भेटिएको थियो। घटना स्वीकार गरेपछि प्रहरीले शवबारे सोधेको थियो। त्यसक्रममा प्रहरी शनिबार बिहान ८ बजे टेङलुङछुकस्थित जंगलको गुफामा पुगेको थियो, जहाँ नाबालिकाको शव फेला परेको थियो। नाबालिकाको शरीरको तल्लो भागका कपडाहरू खुला अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ।

उक्त घटनास्थलमा मुचुल्का उठाएर पोष्टमर्टम गर्न प्रहरीले धरानस्थित अस्पतालमा पठाएको छ। ‘सुरुमै नाबालिकाको घरमा प्रहरी पुगेर अनुसन्धान गर्दा अभियुक्त उम्कन पाएन, समयमै अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरी सफल भयो’, एसपी पाठकले भने। उनका अनुसार यो घट्नामा ईप्रका बोयाङ भोजपुरबाट ४ किमि टाढा पर्छ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस