२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यूएईविरुद्व नेपाललाई चौथो सफलता

Fourth success for Nepal against UAE

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले चमत्कारीक बलिङ गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई चौथो सफलता प्राप्त भएको छ । नेपालका घातक बलर सोमपाल कामीले पहिलो र तेस्रो ओभरमा नै यूएईका दुई विकेट लिएका छन् । नवौं ओभरको समाप्तितिर गुल्सन झाले देशका लागि तेस्रो विकेट लिए ।

सोमपालले पहिलो ओभरमा यूएईका ओपनर खालिद साहको विकेट लिए । यूएईका खालिद साह अत्यन्तै विस्फोटक ब्याट्सम्यान थिए । ५ बल खेल्दा लगातार तीन चौका हानेका खालिदलाई पाँचौं बलमा सोमपालले घर पठाइदिए ।

२.४ ओभरमा नै सोमपाल कामीकै बलमा गुल्सन झाले क्याच गर्दै यूएईको अर्को विकेट लिए । सोमपालले गुल्सनको हातबाट यूएईका कप्तान मुहम्मद वसीमलाई घर पठाए । ८.५ ओभरमा गुल्सन झाले सोमपाल कामीको हातबाट क्याच आउट गराए । यूएईका आसिफ खान सजिलै गुल्सनको धरापमा परे । १२.१ ओभरमा कुशल मल्लको बलमा दीपेन्द्र सिंह ऐरीले यूएईका भृत्य अरबिन्दलाई रन आउट गरे । १५ ओभरमा यूएईले ४ विकेटको क्षतिमा ११४ रन जोडेको छ ।

नेपाली टीमका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङको निर्णय गरेका हुन् । यसअघिका ३ वटै खेल जितेको नेपाल फाइनलमा पुगिसकेको छ । यूएईले भने एक खेलमा जीत र एक खेलमा हार व्यहोरेको छ ।

हङकङले भने एक खेल पनि जित्न सकेको छैन । टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपालले घरेलु मैदानमा शृंखला खेलिरहेको हो । विश्वकप छनोट एक सातापछि काठमाडौंमै सुरू हुँदैछ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस