२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालको चौथो विकट ढल्यो : यूएईविरुद्ध संकटपूर्ण अवस्थामा भरोसा बनेका आसिफ शेख आउट

६ कात्तिक, काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा संकटपूर्ण अवस्थामा भरोसा बन्दै गरेका आसिफ शेख आउट भएका छन् । योसँगै नेपालको चार विकेट गुमेको छ । शेखले अर्धशतक पूरा गरेका छन् । उनले ४४ बलमा ५३ रन बनाएर देशलाई जितको आशा दिलाए ।

त्रिदेशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । खेलको सुरुमा नै नेपाललाई ठूलो झट्का लागेको थियो । नेपालले एकपछि अर्को गर्दै मात्र ११ रन बनाउँदा तीन विकेट गुमाएको थियो । तर लामो समयको अन्तरपछि आसिफ शेख आउट भए । त्यसपछि आएका दीपेन्द्र सिंह ऐरीले पहिलो बलमा नै छक्का प्रहार गरेका छन् ।

नेपालका विस्फोटक ब्याट्सम्यान कुशल भुर्तेल एक रनमा नै आउट भएका थिए । लगत्तै सोमपाल कामीपनि आउट भए । कुशल मल्ल रन आउट हुँदै सुसाइड विकेट दिए । यूएईले नेपाललाई १६५ रनको लक्ष्य दिएको छ ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस