२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यसरी पाइने छ महान् बैज्ञानिक महावीर पुनको जीवनी पुस्तक ‘महावीर पुन’

This is way great scientist Mahavir Pun's biographical book 'Mahavir Pun' is found

काठमाडौं । नेपालका महान् बैज्ञानिक महावीर पुनले ३० बर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखानालाई सञ्चालनमा ल्याउन आफूले लेखेको आफ्नै जीवनी पुस्तक ‘महावीर पुन’ आफै बिक्रि गर्ने निर्णय लिएका छन् ।

पुस्तक वितरकहरुले २५ प्रतिशतभन्दा बढी कमिशन मागेपछि आफू त्यति धेरै दिन नसक्ने भन्दै आफै हातमा माइक बोकेर “लौ आयो महावीर पुनको जीवनी” पुस्तक ‘महावीर पुन’ भन्दै देशभर हिडिरहेका छन् । उनलाई हामी हरेक नेपालीको सहयोगको खाँचो छ ।

नेपाल सरकारको स्वामित्वको सम्पत्ति वीरगञ्जको कृषि औजार कारखाना ३० बर्षदेखि बन्द छ । करोडौंको कोदालाको बीड भारत सहित तेस्रो मुलुकबाट ल्याइन्छ । कुनै जमाना थियो । नेपालले भारतसहित विश्व बजारमा फलामका कृषि औजारहरु बेच्दथ्यो । त्यसमा आधुनिक औजार समेत पर्दथे । तर नेपाललाई हलो र कोदालोमा मात्र सीमित गर्ने विदेशी प्रभुको जालोमा फसेर शासकले यो पूर्खाको धनलाई चलाएनन् । अहिले महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रले आफै मर्मत गरेर सञ्चालन गर्ने र आउने लाभ राज्यलाई दिनेगरी सञ्चालनको जिम्मा पाएको छ । यसलाई सञ्चालन गर्न पैसा जुटाउन महावीरले अनेकौं प्रयास गरिरहेका छन् । सम्भव हुनेले पुस्तक किनौं । किन्न सम्भव नहुनेले किन्नेहरुसम्म पुर्याउन यो सामाग्री सेयर गरिदिनुहुन्छ भन्ने अपेक्षा टीमको छ ।

पुस्तक सम्बन्धि महावीरको जानकारी यस्तो छ ।।

मेरो जीबन कथाको किताब बिक्रि वितरण गर्ने मोटामोटी योजना यस प्रकार छ । यदि कसैले स्वइच्छाले र अरु कुनै तरिकाले बिक्रि वितरण गर्न सहयोग गर्ने आइडिया छ भने मलाई 9841592361 मा फोन वा Whatsapp गर्नु होला । किताबको मुल्य रु. ७५० र Kindle मा USD 10 राखेको छ ।

१. नेपालमा Daraz भन्ने कम्पनीले अनलाइनमा किताब बिक्री वितरण गरि दिनेछ । अनलाइन अर्डर गर्न सक्नेहरुले त्यतै बाट अर्डर गर्नु होला । Daraz ले एउटा किताब बेचेको रु २२ मात्र लिनेछ । त्यसले सोमबार बाट वितरण सुरु गर्ने छ ।

२. बिदेशमा Amazon को अनलाइन किताब किनेर Kindle मा पढन सक्नु हुनेछ । Kindle ले किताब बेचेको कुनै पैसा नलिँदो रहेछ । त्यो पनि सोमबार देखि नै उपलब्ध हुनेछ ।

३. काठमाडौँ उपत्यका भित्र बस्नु हुने र Daraz मा अनलाइन अर्डर गर्न नसक्नेहरुले 9801462924, 9801462918 र 9841592361 मा फोन मार्फत अर्डर गर्नु होला । सोमबार देखि अर्डर गरु होला र किताब घरमानै डेलिभरी हुनेछ ।

४. बाहिरी जिल्लाहरुमा किताब उपलब्ध गराउनको लागि स्थानीय स्वयम्सेबकहरु, बिद्यालयहरु र पुस्तक पसलहरु खोजिनेछ र उनीहरु मार्फत बिक्रि वितरण गरिनेछ । त्यसको लागि स्वयंसेवक, बिद्यालय र पुस्तक पसलले प्रति किताब बेचेर सहयोग गरे बापद न्युनतम रकम पाउनेछन ।

५. बिभिन्न देशहरुमा किताब पठाउनको लागि र बिक्री वितरणको लागि पनि स्वयम्सेबकहरुको खोजि हुनेछ । छुट्टीमा अथवा काम बिशेषले नेपाल आएर बिदेशमा फर्कनु हुने नेपालीहरुले स्व-इच्छाले आफु सक्दो किताब लैजान मदत गर्न सक्नु हुनेछ । त्यसो गर्न सकियो भने किताबको ढुवानी खर्च बच्नेछ र किताब सस्तो हुनेछ ।

६. नेपालमा पढ्ने बिद्यार्थीहरुले पनि किताब बेच्न मदत गर्न सक्नेछन । त्यसो गर्दा किताब बेच्न सहयोग गरे बापत प्रति किताब बेचेको रु. ५० दिइनेछ । स्कुल र कलेजहरुले पनि त्यसरी नै धेरै किताब बेच्न सहयोग गर्न सक्नु हुनेछ ।
किताब किनेर बीरगंजको कृषि औजार कारखानालाई पुनर्जीबन दिऔं ।।

 

 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस