२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यूएईलाई नेपालले दियो १६३ रनको लक्ष्य : करण केसी बने देशको रक्षक

काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृङ्खलाको फाइनलमा नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन जोड्यो । नेपालका करण केसी अन्तिममा देशको रक्षक बने । उनले १७ बलमा २३ रन जोडे । कुशल भुर्तेलले ५० रन जोडेर अर्धशतक पूरा गरे । अरु ब्याट्सम्यानले खासै राम्रो रन जोड्न सकेनन् ।’

४.६ ओभरमा नेपालका विस्फोटक ब्याट्सम्यान आसिफ शेख आउट भएका थिए । ६.४ ओभरमा नेपालका ‘बीग डेन्जरस म्यान’ कुशल मल्ल आउट भए ।

त्यस लगत्तै ७.३ ओभरमा अर्का ‘बीग डेन्जरस म्यान’ कुशल भुर्तेल आउट भए । त्यसपछि १२.१ ओभरमा कप्तान रोहित पौडेल आउट भए । त्यसलगत्तै १२.४ ओभरमा कीर्तिमानी ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी आउट भए । त्यसपछि आएका सन्दीप जोरा १५.१ ओभरमा आउट भए । १६.१ ओभरमा भरोसा राखिएका गुल्सन झा आउट भए । कुनै बेला टीमलाई बचाएका सोमपाल कामी १७.४ ओभरमा आउट भए ।

यूएईका युवा बलर अयान अफजल खानले तीन विकेट लिए । अली नासिर र जाहुर खानले दुई–दुई विकेट लिए । कसिलो बलिङ गरेर नेपाललाई दवावमा राखेका जुनैद सिद्दीकीको हातबाट एक विकेट ढल्यो । ‘

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस