२०८२ असार २८ गते शनिवार | 2025 July 12th Saturday

छोरी जन्मिएको १० दिनमै स्वास प्रस्वासमा असहजसँगै मुटु दुखाईले पत्रकार सीता शर्माको निधन

Journalist Sita Sharma passed away due to heartache along with difficulty in breathing

रूपन्देही । छोरीलाई जन्म दिएको १० दिनपछि नवलपरासीकी पत्रकार सीता शर्माको निधन भएको छ । शर्माको ३२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीकी सदस्यसमेत रहेकी शर्माको १० दिनअघि काठमाडौं मेडिकल कलेज (केएमसी) मा डेलिभरी भएको थियो । ‘प्रेसर लो ’ सँगै अक्सिजन कम भएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो ।

अवस्था सामान्य भएपछि शर्मालाई काठमाडौंबाट रामग्राम नगरपालिका-१ परासीस्थित घरमा ल्याइएको थियो । मंगलबार दिउँसो स्वास प्रस्वाससँगै मुटु दुख्न थालेपछि परासीस्थित जिल्ला अस्पतालबाट थप उपचारका लागि बुटवल मुटु अस्पताल पुर्‍याइएकी शर्माको अस्पतालमै निधन भएको हो ।

उनी क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) नवलपरासीकी संस्थापक अध्यक्षसमेत हुन् । पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी सीताको नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ ।

जनबोली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

 

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस