२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गर्भनिरोधक औषधिको भ्रम र यथार्थ, विज्ञ भन्छन : १२० घण्टाभित्र लिनुपर्छ

काठमाडौं । अमेरिकामा पनि अब महिलाहरूले डाक्टरको सिफारिसबिना गर्भनिरोधक औषधि किन्न सक्छन् । गर्भनिरोधक औषधि ओपिल हर उमेरका महिलाले प्रयोग गर्न सक्छन् । ओपिलले सन् २०२४ को सुरुवातमा औषधि पसलहरूमा त्यो औषधि उपलब्ध हुनेछ । अमेरिकासहित विश्वका भारत, चीनजस्ता १०० देशमा गर्भनिरोधक औषधि सिधै किन्न पाइनेछ । अमेरिकामा महिला विशेषज्ञहरू भन्छन् गर्भनिरोधक यी औषधिबारे महिला खासगरी किशोरीहरूमा जुन लाजको भावना छ त्यो अब रहने छैन । साथै प्रजननसँग जोडिएका स्वास्थ्य सेवा लिन उनीहरूलाई टेवा पुग्ने विश्वास गरिएको छ ।

भारतकी चर्चित स्त्रीरोग विशेषज्ञ डा एसएन बसुका अनुसार गर्भनिरोधक औषधि परिवार नियोजनको एउटा प्रभावकारी तरीका हो । यदि सही तरिकाले औषधि खाने हो भने तिनले शत प्रतिशत रोकथाम गर्छन् । गर्भनिरोधक एकथरी औषधिमा दुवै हर्मोनहरू एस्ट्रोजन र प्रोजेस्ट्रोन हुन्छन् जसलाई सीओसी पनि भनिन्छ । पहिले गर्भनिरोधक खाने चक्की हुन्थे जसमा एस्ट्रोजनको मात्रा धेरै हुन्थ्यो । त्यसको नकरात्मक असर पनि हुन्थ्यो । तर अब त्यस्तो विरलै हुन्छ । सामान्यतया गर्भ निरोधकलाई लामो समय प्रयोग गर्न सकिन्छ ।

गर्भ निरोधकका फाइदाको कुरा गर्दा परिवार नियोजन गर्न सकिन्छ, जुन सबैभन्दा ठूलो फाइदा हो । यसले महिनावारीलाई नियमित बनाउन मद्दत गर्छ भने सो बेला रक्तश्राव कम गर्न मद्दत गर्छ । यसको प्रयोगले गर्भाशयको क्यान्सरको खत्तरा कम हुन्छ । कुनै पनि सुरक्षाको साधन बिना सम्बन्ध राखेको खण्डमा गर्भधारण रोक्न १२० घण्टाभित्र यस्ता चक्की लिनुपर्छ । जानकारहरूका अनुसार गर्भ निरोधक चक्कीले महिलाहरूलाई परिवार नियोजनको स्वतन्त्रता दिन्छ । तर त्यसकै कारण कतिपय महिलाहरूले केही जिम्मेवारी पनि उठाउनु परिरहेको छ । पुरुषहरूका लागि पनि गर्भ निरोध साधन पाइन्छ । तर पुरुषहरूका लागि त्यस्ता निरोधक साधन कम छन् । कन्डोम र शल्य चिकित्सा पुरुषहरूका लागि उपलब्ध साधन हुन् ।

प्रकाशित मिति : २०८० कार्तिक २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस