२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भर्खरै भयो टिकटक बन्द

At what time and how will Tiktok be closed

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द भएको छ । सरकारको निर्णयसँगै नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गरेपछि भर्खरै नेपाल टेलिकमका सबै प्रयोगकर्ताहरुका एप र वेबमा नै बन्द भइसकेको छ ।

वल्र्ड लिंकले वेब भर्सन भर्खरै बन्द गरेको हो । अब एप भर्सनपनि बन्द हुन लागेको वल्र्ड लिंकले जनाएको छ । अरु सेवा प्रदायकहरुलेपनि बन्द गर्दैछन् ।

सोमबार बसेको मन्त्रिपरिषदको निर्णयपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई बन्द गर्न पत्राचार गरिसकेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए। उनका अनुसार टिकटक बन्द गरेको बारे मुख्यालयलाई पनि खबर गरिएको छ।

‘हामीले सबै इन्टरनेट प्रदायक संस्थाहरूलाई पत्र काटेर टिकटक बन्द गर्न भनेका छौं, टिकटकको मुख्यालयलाई पनि जानकारी गराइसकेका छौं। सरकारको निर्णय आउनेबित्तिकै हामीले पत्राचार गरेका हौं। २४ घन्टाभित्र टिकटक बन्द भइसक्छ,’ उनले भने। टिकटक बन्द गर्ने सरकारको निर्णयको सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस