२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

६ दिनपछि पनि सुरुङमा फसेका ४० मजदुरलाई निकाल्न सकिएन्

काठमाडौं । भारत, उत्तराखण्डको सिल्कियारा सुरुङमा एक सातादेखि फसेका ४० मजदुरको अहिलेसम्म उद्धार हुन सकेको छैन । गत ६ दिनदेखि कामदार सुरुङमा फसेका छन् । नोभेम्बर १७ (आज) बिहान अमेरिकी ज्याक र पुथ अर्थ अजर मेसिनबाट यी कामदारको उद्धारका लागि ड्रिलिङको काम सुरु भएको छ । अमेरिकी औगर मेसिनमार्फत भग्नावशेषभित्र पाइप हाल्ने काम निरन्तर चलिरहेको छ । सुरुङको बिचमा जम्मा भएको भग्नावशेष ड्रिलिङमा अमेरिकी औगर मेसिन सफल भएको छ ।

९०० एमएम व्यासको माइल्ड स्टिल (फलाम) को पहिलो खण्डको ड्रिलिङको काम बिहीबार बिहान करिब ११ बजे सुरु भएको थियो । बिहीबार राति ९ बजेसम्म १२ मिटर मात्रै भग्नावशेष निकालिएको थियो । उत्तरकाशीका जिल्ला विपद् व्यवस्थापन अधिकृत देवेन्द्र पटवालले भने, ‘आज शुक्रबार बिहान ७ बजेसम्म भग्नावशेषमा २१ मिटरसम्म ड्रिलिङ भइसकेको छ ।” नोभेम्बर १२ मा उत्तराखण्डको उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा त्यसमा काम गर्ने ४० जना मजदुर फसेका छन ।

प्रकाशित मिति : २०८० मङ्सिर १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस