२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रुकुममा जीप दुर्घटना हुँदा २२ जना घाइते, क्षमता भन्दा बढी यात्रु कारण

काठमाडौं । रूकुम पश्चिमको चौरजहारी नगरपालिकाको खोलागाउँबाट खलंगा तर्फ गइरहेको जीप दुर्घटना भएको छ । आज बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार सबै घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोट तर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो ।

अहिले घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याइएको छ । घाइते मध्य सात जनाको अवस्था गम्भीर छ । जीप सडकबाट खसेर भेरी नदी नजिकै पुगेको छ । क्षमता भन्दा बढी यात्रु बोकेका कारण जीप दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस