
काठमाडौं । हमास समूहको आक्रमणपछि बेपत्ता कञ्चनपुरका विपिन जोशीको उद्धार अहिलेसम्म हुन सकेको छैन । इजरायलको किबुजस्थित कृषि फार्ममा २० असोजमा हमासले अचानक आक्रमण गरेदेखि उनी बेपत्ता छन । इजरायली सेनालाई उद्धत गर्दै तेल अविवस्थित नेपाली दूतावासले उनी हमासको कब्जामा रहेको जानकारी दिएको छ । जोशीको पछिल्लो अवस्थाबारे दूतावास बेखबर देखिएको छ ।
यसैबीच शिफा अस्पतालबाट विपिनसहित एक थाई नागरिकलाई अपहरण गरिएको भिडियो इजरायली सेनाले जारी गरेको छ । स्थानीय समयानुसार आक्रमण भएको दिन बिहान ११ बजेतिर अस्पतालबाट दुई जनालाई हमासले अपहरण गरेर लगेको थियो । एकजना घाइते बन्धकलाई अस्पतालको बेडमा लगिएको छ । अर्का व्यक्ति भने हिँडिरहेका छन । हमासले असोज २० गते शिफा अस्पताललाई आतंकवादी प्रयोजनका लागि प्रयोग गरेको इजरायलले आरोप लगाएको छ ।
EXPOSED: This is documentation from Shifa Hospital from the day of the massacre, October 7, 2023, between the hours of 10:42 a.m and 11:01 a.m. in which hostages, a Nepalese civilian and a Thai civilian, were abducted from Israeli territory are seen surrounded by armed Hamas… pic.twitter.com/a5udjBw4wF
— Israel Defense Forces (@IDF) November 19, 2023