२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माइतीघर निषेधित क्षेत्र भएपछि तीनकुनेमा शक्ति प्रदर्शन गर्दै युवासंघ

काठमाडौं । सरकारले आजदेखि लागू हुनेगरी माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि युवासंघले शक्ति प्रदर्शन गर्ने स्थान परिवर्तन गरेको छ । आज जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सूचना गर्दै निषेधित क्षेत्र घोषणा गरेकोबारे जानकारी गराएको थियो ।

अब युवासंघले मंसिर ७ गते हुने कार्यक्रम तीनकुनेमा गरिने जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको थियो । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यो पनि,  ३० दिनका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा (आदेशपत्रसहित)

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस