२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

भिजन लुम्बिनीको आइपीओ भर्ने अन्तिम दिन आज

IPO Share

काठमाडौं । भिजन लुम्बिनीको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कात्तिक २० गते कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्।

सीडीएस एन्ड क्लियरिङका अनुसार कात्तिक १९ गते साँझ ५ः०७ बजेसम्ममा कुल ८ लाख ४७ हजार ७७० जना आवेदकहरुले ९८ लाख ८० हजार ४३० कित्ताका लागि आवेदन दिइसकेका छन्। यो मागभन्दा ४.७६ गुणा बढी आवेदन हो।

कम्पनीले कात्तिक १६ गतेदेखि सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको हो। यस कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यो आइपीओलाई ‘आइआरएन डबल बी माइनस इस्यूआर’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। इन्फोमेरिक्सले २०७९ पुस २९ गते उक्त रेटिङ दिएको थियो। यो रेटिङ २०८० पुस २८ गतेसम्म बाहल रहनेछ।

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस