काठमाडौं । सरकारले असारको तेस्रो साताबाट भूमिहिन नागरिकलाई जग्गा वितरण गर्ने भएको छ । असार तेस्रो सातादेखि बर्दियाबाट जग्गा वितरण गर्ने भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगत संकलन भइसकेका जिल्लामा जग्गा वितरण गर्न लागेको हो । बर्दियापछि तनहुँ, बाँके, झापा र मकवानपुर लगायत जिल्लामा जग्गा वितरण गर्ने तयारी छ ।
प्रकाशित मिति : २०८३ असार १० गते बुधवार

