२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले सरकारबाट हटेपछि देश कंगाल बन्दै गएको छ : ओली

२० मंसिर, गुल्मी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू सरकारबाट हटेपछि देशमा आर्थिक समस्या चर्किएको बताएका छन् । झुलाघाट चिवाभन्ज्याङ अभियान अन्तर्गत बुधबार गुल्मीमा आयोजित सभामा उनले एमालेले सरकार छाडेपछि देश कंगाल बन्दै गएको बताएका हुन् ।

‘एमालेबाहेक अरुले देश बनाउन सक्दैन, एमालेको एकल सरकारबाट मात्र त्यो संभव छ भन्ने सबै जिल्लामा दिएको उत्साहले प्रमाणित गरेको छ । सरकारबाट एमाले हटेपछि देश कंगाल बन्दै गएको छ, अब एमालेलाई एकल बहुमत दिलाउन सबैको साथ चाहियो’, उनले भने ।

ओलीले देश अत्यन्तै अफ्ठेरो अवस्थामा पुगेको बताउँदै खाली आयात मात्रै गरिरहेको र निर्यात केही नभइरहेको अवस्थामा नयाँ योजनाका साथ अगाडि बढ्नुपर्ने बताए । ‘अब ढिलो नगरौं, एमालेले देशको आर्थिक समृद्धिका लागि जुटिरहेको छ । यसमा नेपाली जनताको साथ चाहिएको छ ।’

 

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस