२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आरती साहका श्रीमान्‌लाई थुनामा पठाउन आदेश, ससुरा धरौटीमा छुट्ने

काठमाडौं । सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बुधबार न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले साहलाई श्रीमान्‌लाई थुनामा पठाउन आदेश दिएको हो ।

इजलासले आरतीका ससुरा मदन मोहन साहलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको छ । गत जेठ ७ गते आरतीको शव भेटिएको थियो । आरतीको माइती पक्षले सुनियोजित रूपमा आरतीको हत्या गरिएको बताउँदै आएको थियो । उनीहरूले श्रीमान् र ससुराविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस