२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनसेल किनबेचमा नेताहरूले पैसा खाएको रविको आशंका, छानबिनका लागि चुनौती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले एनसेलको शेयर किनबेचमा नेताहरूले पैसा खाएको आशंका गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कर तिर्न नपर्ने आश्वासन दिएर कुन दलका को नेताले कति रकम खाए भन्दै छानबिनका लागि तयार हो भन्दै प्रश्नसमेत गरेका छन् । स्पाइसबाटै चलखेल सुरू भएको उनको दाबी छ ।

‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो । टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ?’, रविले लेखेका छन् ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस