२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विराटनगरकाे आगलागी अपडेट : मृतकको संख्या तीन पुग्यो

Fierce fire death toll reaches 2

२१ मंसिर, विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ । बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाकाे घटनास्थलमै र अर्का एक जनाकाे न्यूराे अस्पतालमा मृत्यु भएको थियाे । थप उपचारका लागि काठमाडौं पठाइएका गम्भीर घाइतेमध्ये एक जनाकाे बुधबार राति मृत्यु भएको हाे ।

प्रहरीका अनुसार आगलागीमा परी शुशिला पासवानकाे घटनास्थलमै मृत्युु भएको थियाे । ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियाे । विराटनगर ६ का मण्डल कवाडी गाेदामका सञ्चालक पनि हुन् । थप उपचारका लागि काठमाडौ पठाइएका चारमध्ये बुधबार राति सुनिता कामतकाे मृत्यु भएको माेरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । आगलागीमा परी घाइते भएका विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै सुनिता कामत, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामतलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइएको थियाे ।

विराटनगरकाे मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २ः१५ बजेतिर एक्कासी आगलागी सुरु भएको थियो । गाेदाम भित्र काम गरिरहेकाे अवस्थामा चुराेट सल्काएपछि एक्कासी आगाे लागेकाे थियाे । गेट छेउमा लागेकाे आगाेका कारण काम गरिरहेका कामदार सहजै बाहिर निस्कन पाएनन्, जसले गर्दा मानवीय क्षति भएको प्रहरीले बताएको छ । आगलागीका कारण कवाडी पसल पूर्णरुपमा जलेकाे छ । क्षतिकाे विवरण आइनसकेको डिएसपी दाहालले बताए ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस