२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज बिहीबार बढ्यो सुनको मूल्य

Today Gold price in Nepal

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारसम्म आजसम्मकै उच्च अंकमा पुगेको सुन र चाँदीको मूल्य मंगलबारबाट ओरालो लागेको थियो । आजबाट फेरि बढ्न थालेको छ ।

आज बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि दुई दिनमा नै ३२०० रुपैयाँ घटेको सुन आज सामान्य बढेको छ । सोमबार मात्र सुनको मूल्य १ लाख २१ हजार ६०० सय पुगेको थियो । मंगलबार एकैदिन २४ सय रुपैयाँ घट्यो । बुधबार ८ सय रुपैयाँ ओरालो लाग्यो भने आज २०० रुपैयाँ बढ्यो । त्यस्तै आज तेजाबी सुनको मूल्यपनि बढेर एक लाख १८ हजार ५० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला एक हजार ५४५ रुपैयाँ कायम भएको चाँदी मंगलबार एक हजार ५०० मा झरेको थियो । बुधबार प्रतितोला १४८० रहेको चाँदी आज १४६० मात्र छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस